रसुवाबाट साढे सात किलो सुन बरामद
४ जेठ काठमाडौं । प्रहरीले रसुवाबाट साढे सात किलो सुन बरामद गरेको छ । रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसबारे विस्तृत जानकारी पछि गराइने प्रहरीले जनाएको छ । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहीका अनुसार केरुङ हुँदै नेपाल ल्याउन लागेको स्याउ बोक्ने गाडीमा सुन ल्याइएको हो । बा४ख ६२०१ नम्बरको गाडी चालक रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।सुन धनी को हुन् भन्नेबारेमा भने प्रहरीले अनुसन्धान थालेको छ ।