सुदूरपश्चिम विश्वविद्यालयको ३ सय बिघा जग्गा अतिक्रमण


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२
1.8K
SHARES

१९ कार्तिक कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको ३ सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० बिघामध्ये ३ सय बिघा जग्गा अतिक्रमण भएको छ ।

०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि ३ सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्र भोगचलन गर्न पाएको छ । ३ सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ ।

अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक संघ र प्रदेश सरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको उपकुलपति पन्तले बताए ।

हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकालाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले हटाउन समस्या भएको हो ।