एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ३ २०८२
2.1K
SHARES

३ पुस काठमाडौं । एपेक्स कलेजले वार्षिक दीक्षान्त समारोह–२०२५ सम्पन्न गरेको छ । समारोहमा कलेजका विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको कलेजले जनाएको छ ।दीक्षान्त समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रमका स्नातक विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको कलेजले जनाएको छ ।

शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एपेक्स कलेजले प्रदान गर्दै आएको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ । यस वर्षको छात्रवृत्ति एपेक्स कलेजअन्तर्गत ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बैंकिङ तथा बिमा) कार्यक्रमकी उत्कृष्ट विद्यार्थी श्वेता शाहलाई प्रदान गरिएको हो । उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा छनोट भएकी शाहले अब एपेक्स कलेजमै स्नातकोत्तर तहमा व्यवसाय प्रशासन अध्ययनलाई निरन्तरता दिनेछिन् ।

समारोहका क्रममा विभिन्न कार्यक्रमतर्फका उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो । ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रमकी टपर ईशा कुमारी दास, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रमकी टपर मिचेन तामाङ, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रमका टपर सुमित मानन्धर तथा ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम कार्यक्रमकी टपर श्रुति अग्रवाललाई शैक्षिक उत्कृष्टताको कदरस्वरूप सम्मानित गरिएको हो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यअनुभव प्राप्त गर्ने अवसरसमेत पाउनेछन् । यस व्यवस्थाले शैक्षिक ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै विद्यार्थीहरूको व्यावसायिक क्षमता, नेतृत्व विकास र रोजगारमुखी दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कलेजले व्यक्त गरेको छ ।समारोहको अन्त्यमा एपेक्स कलेजले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा निरन्तर सफलता, जिम्मेवार नेतृत्व र राष्ट्र निर्माणमा सकारात्मक योगदानको कामना व्यक्त गरेको छ ।