छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता घोषणा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १७ २०८३
1.1K
SHARES

१७ बैशाख काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता आउँदो मे १, २ र ३ तारेखमा काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । प्रतियोगिताबाट विभिन्न अग्रणी कर्पोरेट संस्थालाई एकै मञ्चमा ल्याउँदै खेलकुद, सहकार्य तथा आपसी सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साबिक विजेता क्लाउडफ्याक्ट्रीसहित १२ टोलीको सहभागिता रहनेछ ।

आयोजकका अनुसार, प्रतियोगिताबाट कर्पोरेट क्षेत्रभित्र आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै खेलकुदमार्फत कार्य–जीवन सन्तुलनलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ । राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राउन्ड टेबल नेपालका प्रतिनिधिले प्रतियोगिता केवल क्रिकेटमा सीमित नभई साझा उद्देश्यका निम्ति मानिसलाई एकत्रित गर्ने माध्यम भएको बताएका छन् । प्रतियोगिता सफल बनाउन सहयोग गरेकामा सन नेपाल लाइफ इन्स्योरेन्सप्रति आयोजकले आभार व्यक्त गरेको छ । आयोजकले प्रतियोगिताले प्रतिस्पर्धा, सहकार्य तथा सामाजिक उत्तरदायित्वबीच प्रभावकारी समन्वय प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।