कक्षा ११ को पठनपाठन असार १ देखि सुरु गरिने


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३
798
SHARES

६ जेष्ठ काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको छ । केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न अनुरोध गरेको हो ।बुधबार सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यससम्बन्धी आवश्यक पत्राचार र समन्वय गर्न भनेको छ ।

देशभरका सबै स्थानीय तहहरूलाई आवश्यक समन्वय तथा सहजीकरण गरिदिन र सम्पूर्ण विद्यालयहरूलाई सोही निर्णयबमोजिम पठनपाठन कार्यान्वयन गर्न बोधार्थमार्फत अनुरोध समेत गरिएको छ ।

notic-1779275723.jpg