कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १५ २०८३
1.1K
SHARES
१५ असार काठमाडौं । सुकुम्वासी राखिएको होल्डिङ सेन्टरबाट एकजना पक्राउ परेका छन् । कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३९ वर्षीय डम्बरबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले तामाङलाई आइतबार पक्राउ गरेको जानकारी दिए ।
सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् । तामाङलाई थुनामा राखेर अनुसन्धान गर्न आज अदालतबाट म्याद थपका लागि उपस्थित गराउने तयारी प्रहरीको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट