कोरोना आतंक कहिलेसम्म ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
23K
SHARES

१४ चैत्र काठमाडौँ । चीनको वुहान प्रान्तबाट फैलिएको भाईरसले यतिबेला विश्वमा आतंक सृजना गरेको छ ।सन् २०१९ dec मा त्यस क्षेत्रमा फैलिएको उक्त भाईरसको नाम कारोना अर्थात COVID-19 NOVEL दिईएको छ। कतिपयले यस भाईरसको उत्पति सामुन्द्रिक जिबहरु खानाले भयको बताएका छन् भने कतिपयले परमाणु बनाउने भट्टिमा मानबहरुले उत्पादन गरेको समेत बताएका छन्। सर्वप्रथम चीनमा ईपिसेन्टन दाखिएको उक्त भाईरसले चीनमा मात्र ३२९३ ज्यान लिई सकेको छ।निकै सतर्कता अपनाउदै चीनले केहि महिनामै नै केरोना नियन्त्रण गर्न सफल समेत भएको छ।जतिबेला चीनमा यसले तिब्र रुप लिदैं गर्दा विश्व स्वास्थ्य संगठन (who)ले संकटकाल घोषणा गरेको थियो । दिन दुई गुणा रात चौ गुणा गरि फैलिएको उक्त भाइरसले चीन पछिको दोस्रो इपिसेन्टर यूरोपमा बनाएको छ । यूरोपको इटाली र स्पेनमा यसले चीनपछिको ठूलो माहामारी नै फैलाएको छ । त्यस्तै यूरोपको अन्य मूलुकहरूमा पनि नराम्रोसंग प्रभाव पारेको पाउन सकिन्छ । इटालिका जनताहरूले त अहिले हाम्रो नियन्त्रण बाहिर गइसकेको बताएका छन् भने सरकारले भने हाम्रो नियन्त्रणमा नै रहेको छ र अहिले स्थिति सुधारउन्मुख रहेको बताएका छन् । चीनमा र यूरोपमा यसको माहामारी फैलिदै गर्दा अमेरिकाले यो चिनीयां भाइरस हो भनेर हल्ला र मजाक मान्दै उडाइराखेको स्थिति थियो । यता चीनले उक्त भाइरस अमेरिकी सेनाबाट आफ्नो देशमा फैलिएको बताएको थियो भने अमेरिकाको राष्ट्रपति ट्रमले चिनीयां भाइरसको संज्ञा दिएका थिए । यसरी दुई देश बीच शीत युद्ध र जुहारी चलिराख्दा डब्लू याच ओ ले यसलाई मजाकको विषय नबनाउन पटक/पटक चेतावनी समेत दिएको थियो । यूरोपलाई दोस्रो इपिसेन्टर बनाएपछि हाल तेस्रो इपिसेन्टर अमेरिकालाई बनाएको छ । उक्त भाइरसलाई मजाकको रूपमा लिएको देशमा नै तेस्रो इपिसेन्टर बनाएर दिन प्रतिदिन अकालमा मानिसहरू मर्न बाध्य भएका छन् । हाल अमेरिकामा १२९३ जनाले ज्यान गुमाइ सकेका छन् । चीन , यूरोप र अमेरिका आफ्नो प्रभाव जमाइ सकेको उक्त भाइरसले दक्षिणा एशियालाई र एशियाको अन्य राष्ट्रहरूलाई अछूत भने राखेको छैन । चीन, यूरोप र अमेरिकाको तुलनामा एशियामा मूत्युदर निकै कम रहेको छ ।

WHO ले पटक/पटक दिएको चेतावनीलाई विभिन्न राष्ट्रहरूले गम्भीरता पूर्वक नलिदॉं हालसम्म २४०७० जनाले ज्यान गुमाइ सकेका छन् भने लाखौं मानिसहरू अस्पतालको बेडमा जीवन मरणको अवास्थामा रहेका छन् । लाखौं मानिसहरू यो रोग लागेपछि उक्तरोगलाई जित्न सफल समेत भएका छन् । मुख्यतय ६० देखि ८० वर्षका मानिसहरूमा उक्त भाइरस ८% लागेको पाउन सकिन्छ भने मूर्त्युहुनेहरूको संख्यामा पनि बुढापाकाहरू नै अलि बढि रहेको पाउन सकिन्छ । १९२ राष्ट्रभन्दा बढि देशमा फैलिएको उक्त भाइरसले के-कस्तो रूप लिन्छ भन्न सकिने अवस्था रहेको छैन भने चीनबाट सुरू भएका उक्त भाइरस चीन सरकारले केहि दिन अघिमात्र पूर्ण रूपमा नियन्त्रण आएको र आफूहरूले जित्न सफल भएको घोषणा गरेको छ ।

सूरूवाती अवस्था देखि नै चीन सरकारले विभिन्न मूलुकहरूलाई लक डाउन गर्न अनुरोध गरिराखेको थियो । त्यहि अनुसार विश्वका विभिन्न मूलुकहरूले आ-आफ्ना देशहरू लक डाउन गरेका छन् । त्यहि अनुसार हाम्रो देश नेपाल पनि हाल लक डाउनको अवस्थामा रहेको छ । नेपालले भने हालसम्म उक्त भाइरसको कारण कोहि पनि मर्न परेको छैन । मूलुक लक डाउन गरि धेरै मानिसहरू आइसोलेसनमा बस्न बाध्य छन् । विश्वमा माहामारी रूप लिदै गर्दा अमेरिका हल्ला गर्नमा नै व्यास्थ रहेको थियो । कहिले चीनियॉं भाइरस भनिराखेको थियो भने कहिले WHO ले चीनलाई सहयोग गर्यो , चीनको सपोर्ट गर्यो भनेर आरोप गरिराखेको नराम्रो नतिजा आज आएर भोग्न बाध्य भएको छ ।

विश्वमा यस्ता माहामारी भने नआएका होईनन् तरपनि अहिलेको उक्त भाइरसले विश्वमा आतंक नै मचिएको छ । कतिपयले यसलाई तेस्रो विश्वयुद्धको संज्ञा समेत दिएका छन् । सुरूवाती चरणमा चिसोमा मात्र लाग्ने र भाइरस चिसो बुने ठाउँमा मात्र सक्रिय रहने बताएपनि अहिले यसले न चिसो तातो न त धनी ग़रीब नै केहि नभनि तीव्र वेगमा फैलिराखेको पाउन सकिन्छ । त्यसैले गर्दा विभिन्न राष्ट्रहरू यसको औषधि र खोपहरू निर्माण गर्न जुटे पनि हालसम्म नतिजा हात पार्न सफल हुन सकेका छैनन् । विभिन्न शक्ति राष्ट्रहरू बीच औषधी बनाउने होडबाजी चलेपनि अहिलेसम्म कसैले केहि गर्न सकेका छैनन् । हाल WHO यसको फैलावटलाई रोक्नमा व्यास्थ रहेको पाउन सकिन्छ । नोबल पुरस्कार विजेता वैज्ञानिक स्टायव फार्ड बायोलिजिस्ट माइकल लेबिटले कोरोना भाइरस अब केहि समय मात्र रहने बताएका छन्। उनले चीनमा पनि लामो समय नरहने भविष्य वाणी नै गरेको थिए लामो समयसम्म रहदैन भनेर ।

विश्वमा विभिन्न देशहरूले परमाणु बम र अत्याधुनिक हात हतियार रहेको भन्दै विश्वमा आफूलाई अबल राष्ट्र घोषणा गर्ने देशहरू र ती देशका नेताहरू आज आएर एउटा सानो भाइरसले बन्द कोठा भित्र कैद गरेको अवस्था रहेको छ । त्यसैले विश्वका कतिपय नेताहरूले विश्वको सबा व्यवस्थाहरूलाई हाल स्थगित गर्दै मानवता सिकाएको समेत भन्न थालेका छन् । विश्व अर्थतन्त्र पूर्ण रूपमा बन्द जस्तै भएको छ । अब के कति घाटाको अवस्थामा पुग्ने हो कुनै आकलन गर्न सक्ने अवस्थामा केहि पनि छैनन् । अहिलेको महत्वपूर्ण कुरा भनेको कोरोना भाइरस नियन्त्रण रहेको छ । त्यसैले गर्दा केहि समय आरोप -प्रत्यारोपमा रहेका अमेरिका र चीनका राष्ट्रपति ट्रमं र सी बीच अब दुई देश मलेरिया अघि बढने र जति सक्दो छिटो यसलाई नियन्त्रण गर्ने सहमति गरेका छन् । अन्त्यमा उक्त भाइरसको जतिसक्दो छिटो नियन्त्रण गर्न विभिन्न देशहरू सफल होउन । विभिन्न प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले भाइरस विरूद्ध ओषधी र खोपहरू छिट्टो भन्दा छिट्टो निर्माण गर्न सकुन साथै अकालमा कसैले जीवन गुमाउन नपर्योस, अस्पतालको बेडमा रहेकाहरूको स्वास्थ्य लाभको कामना ….. लेखक-सुमन अधिकारी