चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
16.7K
SHARES

१५ असार काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ ।

महाशाखाले चारजनालाई पक्राउ गरेको हो । यसबारे पत्रकार सम्मेलन गर्ने महाशाखाको तयारी छ  ।

स्रोतका अनुसार प्रहरीले दुईवटा क्रेटा गाडी समेत बरामद गरेको छ । सो गिरोहले चोरीका गाडीका नक्कली ‘ब्लु बुक’ बनाएर बेचेको पाइएको छ ।

यसबाहेक सो गिरोहले विभिन्न सरकारी कार्यालयका नक्कली कागजपत्र, छाप समेत तयार पारेको बताइएको छ ।