नायिका जेनी कुँवरले गरिन् आत्महत्या


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २४ २०७८
14.9K
SHARES

२४ असार काठमाडौं । फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।

काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।