यी २८ खोपकेन्द्रमा आजबाट जोन्सन एन्ड जोन्सन खोप लगाइँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ४ २०७८
9.2K
SHARES

काठमाडौं । आजदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप ‘जोन्सन एन्ड जोन्सन’ का लागि काठमाडौं महानगरका २८ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । यस विषयमा महानगरका जनप्रतिनिधिहरूले भने एउटा वडामा एउटा वडास्तरीय खोप केन्द्र हुनुपर्नेमा जोड दिएका छन् ।

आजदेखि ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिँदैछ ।

यसअघिका खोप कार्यक्रमको समीक्षा गर्दै विगतका कमजोरी हुन नदिन महानगरले यसपटक करिब ७६ हजार डोज खोप माग गरेको छ । सरकारले खोपका लागि तोकिएका समूहको संख्यालाई ०६८ को जनगणना र जनसंख्या वृद्धि दरका आधारमा विश्लेषण यो संख्यामा खोप मागेको, जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।

जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो ।

खोप केन्द्रहरू :

१)   वीर अस्पताल,

२)   त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज

३)   निजामती कर्मचारी अस्पताल, बानेश्वर

४)   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

५)   परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली

६)   काठमाडौँ मेडिकल कलेज, सिनामंगल

७)   नेपाल प्रहरी अस्पताल, पानीपोखरी

८)   वीरेन्द्र सैनिक अस्पताल, छाउनी

९)   पिपल्स डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे

१०)  हिमाल अस्पताल, ज्ञानेश्वर

११)  सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु

१२)  छत्रपाटी निःशुल्क चिकित्सालय, छत्रपाटी

१३)  जनमैत्री अस्पताल, बालाजु

१४)  मनमोहन अस्पताल, स्वयम्भू

१५)  काठमाडौँ मोडल अस्पताल, प्रदर्शनी मार्ग

१६)  ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर, धुम्बाराही

१७)  सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१८)  नेशनल हस्पिटल, कलंकी

१९)  रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, रामघाट गौशाला

२०)  कान्तिपुर अस्पताल, तीनकुने

२१)  राधास्वामी आइसोलेसन सेन्टर, बसुन्धरा

२२)  जनकल्याण माध्यमिक विद्यालय, आइसोलेसन केन्द्र

२३)  नरदेवी आयुर्वेद अस्पताल, नरदेवी

२४) महेन्द्रनारायण निधि अस्पताल, बसुन्धरा

२५)  नेपाल भारत मैत्री अस्पताल, चावहिल

२६)  मेट्रो अस्पताल, नारायण गोपाल चोक

२७)  इरा इन्टरनेशनल अस्पताल, सोह्रखुट्टे

२८) हेल्पिङ् ह्याण्ड्स अस्पताल, चावहिल