दाङको घोराहीमा चितुवाको छालासहित दुई जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ६ २०७८
4.6K
SHARES
६ साउन दाङ । दाङको घोराहीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.९ का ३२ वर्षीय रामबहादुर दमाई रहेका छन् ।
उनीहरूलाई बुधबार बिहान साढे तीन बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीमा चेकजाँचका क्रममा पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट