खसी भन्दै बाख्रा काटेर मासु बिक्री गर्नेको बिगबिगी


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
6.5K
SHARES

२३ साउन काठमाडौ । अहिले उपभोक्ताहरु पैसा खर्च गर्न तयार हुन्छन् तर त्यसको गुणस्तर खासै ध्यान दिईरहेका हुँदैनन् । व्यस्त जीवनशैली त्यसको कारण हो । उपभोक्ताको यही समस्याको फाईदा उठाँउदै खसीको मासु भन्दै बाख्री काटेर बेच्नेको बिगबिगी शहरहरुमा बढेको देखिएको छ ।

प्रहरीले आज बिहानै कलंकीबाट चार भारतीयलाई खसी भन्दै बाख्री काटेर बेचिरहेको अवस्थामा पक्राउ गरेको छ । कलंकी खसी बजमरबाट पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित मासु प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता हिजै मात्र वीरगञ्जमा प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने वीरगञ्ज महानगरपालिका १३ मुर्लीका २८ बर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।