को बन्ला द भ्वाइस अफ नेपाल सिजन–३ को बिजेता ? आज छिनोफानो हुदै
२३ साउन काठमाडौ । नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल’ सिजन–३ को ग्राण्ड फिनाले आज हुदैछ । यसको जानकारी स्यंम यस शो का जज समेत रहेका गायक प्रमोद खरेलले सामाजिक सञ्जाल फेसबूक मार्फत दिएका छन् ।
सबै जजहरुका एक एक प्रतिष्पर्धीहरुले आज उपाधीका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् । अहिले प्रतिष्पर्धामा किरण गजमेर, आर्यन तामाङ, तारा श्रीस मगर र ज्वाला राई रहेका छन् । जसमा टीम राजुबाट तारा , टीम तृष्णाबाट ज्वाला , टीम प्रमोदबाट किरण र टीम दीपबाट आर्यन रहेका छन् ।
आज भोटका आधारमा विजेता घोषणा गरिनेछ । भोटिङको समय आज बेलुका ८ बजे सम्म खुल्ला हुने गायक तथा जज प्रमोद खरेलले जानकारी दिएका छन् । अब आज बेलुका यी चार मध्ये तेस्रो सिजनको भ्वाइस अफ को बन्छ हेर्न सबै दर्शकहरु लालायीत रहेका छन् ।
ग्राण्ड फिनालेमा पुगेका यी चारै जना प्रतिस्पर्धी बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आज साँझ बाट सुरु हुने प्रत्यक्ष प्रसारणमा कोरोनाका कारण केही सीमित दर्शकहरुको मात्र सहभागीता रहने बताईएको छ । जर्ज प्रमोदले सबैलाई शुभकामना तथा धन्यबाद दिएका छन् ।