‘शाखा अधिकृत हुँ’ भनी ठगी गरेको आरोपमा पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
6.2K
SHARES

२७ साउन काठमाडौं । उपराष्ट्रपति कार्यालयकाे ‘शाखा अधिकृत हुँ’ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी केआइसिंह गाउँपालिका–६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका–७ बस्दै आएका  कुशल भट्ट भनिने केशवराज भट्ट रहेका छन् ।  उनलाई कलंकीकाे स्युचाटारबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत हुँ’ भनेर विभिन्न व्यक्तिहरूलाई अनेक बहानामा ठगी गरेको आराेप लागेकाे छ । प्रहरीका अनुसार भट्टले यसअघि साइबर क्राइम र ठगी मुद्दामा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेका छन् ।

भट्टले कतिपयलाई सामाजिक सञ्जालमार्फत् आफू परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर समेत ठगी गर्ने गरेकाे प्रहरीकाे दाबी छ । उनीबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।