यौनधन्दा चलाएको आरोपमा यी तीनजना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
8.6K
SHARES

६ असोज चितवन ।आज  चितवनको नारायणगढस्थित लायन्सचोकको एक खाजा घरमा यौनधन्दा चलाउने गरेको आरोपमा खाजा पसल सञ्चालकसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा होटल सञ्चालक धादिङको थाक्रे गाउंँपालिका–३ को विकास भन्ने भोज बहादुर तामाङ, उनकी श्रीमती विपना तामाङ र ग्राहक बारा जिल्ला बारागढी गाउँपालिका–६ सिहसनीका राजेश चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २ लायन्सचोकमा रहेको विकास खाजा घरमा महिलाहरू राखी यौनधन्दा चलाएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ परेको हो ।