आज कार्गो व्यवसायी अधिकारी बलात्कार आरोपमा पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
10.1K
SHARES

२२ कात्तिक काठमाडौं ।आज  कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

‘उनीमाथि १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोग छ’ सिंहले भने, ‘जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’