यी व्यक्तिको मोबाइलमा ४६ युवतीको नग्न तस्वीर भेटियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
6.8K
SHARES

७ मंसिर काठमाडौं । आज काठमाडौंको भोटेबहालका २० वर्षीय लव खड्गीलाई प्रहरीले एक किशोरीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा पक्राउ गरेको थियो । साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइराख्छन्, त्यसैले प्रहरीले यस घटना पनि सामान्य केशहरुमा झैँ छानविन गरिरहेको थियो ।

तर ब्यूरोमा रहेको फरेन्सिक प्रयोगशालामा खड्गीको मोबाइल जाँच गर्दा अनुसन्धान अधिकृतले जे देखे, त्यसले प्रहरीलाई नै चकित बनाइदिएको छ । अहिले प्रहरीले यसलाई गम्भीर घटनाको रुपमा लिएर छानविन गरिरहेको छ । प्रहरीलाई सुरुमा लागेको थियो, ‘खड्गीले फोटोसपबाट नक्कली तस्वीर बनाएर एक जना किशोरीलाई धम्क्याएका होलान् ।’ तर फरेन्सिक जाँचमा एक वा दुई मात्र होइन, ४६ जना किशोरी र युवतीको नग्न फोटो र भिडियो बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ ।

ब्यूरोका एक अधिकृत  भन्छन्, ‘साइबर अपराधका मैले कयौं केशहरु हेरेँ, अहिलेसम्म यस्तो थाहा पाएको थिइन ।’ उनका अनुसार ती भिडियो तथा तस्वीरलाई तुरुन्तै जाँच गरेर वास्तविक भए नभएको पनि परीक्षण गरियो ।