‘स्रोत नखुलेको’ ६९ लाख ५० सहित हिरोसी खनाल पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
7K
SHARES

१९ मंसिर काठमाडौ  । काठमाडौंको दरवारमार्गस्थित विइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ७९ लाख ५० हजार नगदसहित एकजना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग र काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले सो पसलका सञ्चालक हिरोसी खनाललाई सो रकमसहित पत्रक्राउ गरेको हो ।

नेपाली एक हजार दरका १०० वटा भएको ४९ वण्डल र नेपाली रुपैया ५ सय दरका ४१ बण्डल बरामद गरेको काठमडौं परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।

बरामद भएको नगद रकमसहित महानगरीय प्रहरी परिसर काठमाडौले अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको जनाएको छ ।