अवैध लागुऔषध गाँजा बरामद


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ८ २०७८
9.9K
SHARES

८ पुस  काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका–६, चाँदनी चोकबाट करिब १६ किलो अवैध लागुऔषध गाँजा बरामद गरिएको छ । गए राति प्रहरी टोलीले सो परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीचौकी सम्सीबाट गस्तीमा खटिएको प्रहरीलाई देखेपछि नेपालबाट भारततर्फ गाँजाको पोका लिएर जाँदै गरेका व्यक्तिहरूले उक्त पोका फाली फरार भएपश्चात् पोका जाँच गर्ने क्रममा गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।