लागूऔषध सहित दुई जना पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १२ २०७८
11.3K
SHARES

१२ पुस काठमाडौं । प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ८७०० नं. को यात्रु बाहक बसलाई प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

क्राउ पर्नेमा नन्दन गाउँपालिका वडा ३ बस्‍ने २९ वर्षीय राजुराम अवध जैसवाल र सोही ठाउँ बस्‍ने २४ वर्षीय मुन्ना चौहान रहेका छन् ।

उनीहरुले बसको बी साइडको १२/१३ नम्बरको सिटमा कालो रंगको झोलाभित्र लागूऔषध लुकाएर ल्‍याएको १६० एम्पुल डाईजापम, १६० एम्पुल नुफिन र १६० एम्पुल फेनरागन प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।