ग्रिनलाइनका सञ्चालक अग्रवाल पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
7.9K
SHARES

९ फागुन काठमाडौं । काठमाडौँ उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो । केही दिनअघि अग्रवाललाई बैंकिङ कसुरको अभियोगमा शनिबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई हिरासनमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिएका छन।

अग्रवालविरुद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए । आफूलाई दिएको ५० लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् ।

पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिनी रजनी अग्रवालले पुस २३ मा उजुरी दिएकी थिइन् ।

माघ २७ गते अमित काठमाडौँ आइपुगेका थिए । उनले परिवारमा बिरामी भएकाले एक महिना सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । अग्रवाल परिवारले विभिन्न बैंक र व्यक्तिहरुसँग मिटर ब्याजमा एक अर्बभन्दा बढी ऋण लिएको देखिएको छ ।