बूढानीलकण्ठमा एक पुरुषको शव फेला, हत्याको आशंका
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन १८ २०७८
3K
SHARES
१८ फागुन काठमाडौं । राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
पुरुषको हत्यापछि त्यहाँ शव फालिएको हुन सक्ने भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले अनुसन्धान सुरु गरिएको बताए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट