खैरो हेरोइनसहित युवक पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र ४ २०७८
6.9K
SHARES

४ चैत काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिका–९ दूधौली बजारस्थित स्ट्यान्डर होटलबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतो छन् ।

उनलाई १ ग्राम ९ सय ८० मिलिग्राम  खैरो हेरोइनसहित विहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनको साथबाट प्रहरीले ५५ ग्राम गाँजा पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले आरोपीबारे अनुसन्धान गरिरहेको छ ।