बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख ६ २०७९
5.5K
SHARES
६ वैशाख काठमाडौं । १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट