द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख १३ २०७९
3.6K
SHARES
१३ बैशाख काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग गरेको छ । मन्त्रिपरिषद्को गएको फागुन १६ गतेको निर्णयानुसार पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उत्पादन र एकमुष्ट आर्थिक सुविधा पाउनका लागि निवेदन माग गरिएको हो ।
केन्द्रले सोमबार सूचना प्रकाशित गर्दै ३५ दिनभित्र तोकिएको ढाँचामा विवरण भरी निवेदन पेस गर्न भनेको छ । ३५औँ दिनमा सार्वजनिक बिदा पर्न गए त्यसको भोलिपल्ट समेत निवेदन दिन सकिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट