८ अंकले बढ्यो नेप्से


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १० २०८३
171
SHARES

९ मंसिर काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से एकल अंकले बढ्दा लगानीकर्ताले कारोबार बढाएका छन् ।यो दिन नेप्से ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा आइपुग्दा लगानीकर्ताले कुल ६ अर्ब १४ करोड बराबरको सेयर कारोबार गरेका हुन् ।यो दिन बजारमा खरिदचाप देखिँदा बैंकिङ, विकास बैंक, फाइनानस, जलविद्युत्, लगानी, जीवन बिमा, निर्जीवन बिमा, व्यापार र म्युचुअल समूहको सूचक बढेर हरियाली छाएको छ । यो बाहेकका ३ समूहको सूचक भने आज घटेको छ ।

सूचक र काराबोर बढेर हरियाली बनेको बजारमा ३५६ कम्पनीको कारोबार भएकामा १७० को सेयरमूल्य बढेको छ । १०१ कम्पनीको मूल्य भने घटेको नेप्सेले जनाएको छ ।बढ्नेमा आज मुक्तिनाथ कृषि कम्पनी अगाडि छ । यो कम्पनीको १०.९८ प्रतिशतले सेयरमूल्य बढेको हो । यस्तै घट्नेमा भने आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था अगाडि छ । यो कम्पनीको ३.३० प्रतिशतले सेयरमूल्य घटेको हो ।

यस्तै लगानीकर्ताले आज सबैभन्दा धेरै कारोबार हिमालयन उर्जा विकास कम्पनीको गरेका छन् । यो कम्पनीको एकै दिन ३४ करोडको कारोबार भएको हो ।