१६ वर्षीया किशोरी बलात्कार आरोपमा दुईजना पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
9.4K
SHARES
१५ वैशाख काठमाडौं । रूकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोट बस्ने २९ वर्षीय तीर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियार छन् ।
उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्यानापातल जंगलमा लगी बलात्कार गरेको सूचनापछि प्रहरीचौकी हुकामबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट