आज सत्ता गठबन्धनको धनगढी र डडेलधुरामा चुनावी सभा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९
2.2K
SHARES

२६ वैशाख काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको आज कैलालीको धनगढी डडेलधुरामा संयुक्त चुनावी सभा गरिँदै छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको हो ।

नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज नै प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा पनि चुनावी सभा गरिँदै छ । धनगढीको कार्यक्रम सकेर गठबन्धनका सबै नेताहरू डडेलधुरा जाने कार्यतालिका छ ।