भरतपुरमा रेनु फेरि अगाडि , कति छ अन्तर ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
7.2K
SHARES

२ जेठ चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि लागेकी छिन् । भरतपुर १० हजार २०६ गन्दा गठबन्धनकी उम्मेदवार दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी हुन् ।

यस्तै नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार एमालेका  विजय सुवेदीले ३ हजार ५७५ मत पाएका छन् ।९३७० मत भन्दा १८ मतले अगाडि रहेका सुवेदी  १० हजार २०६ गन्दा ३ मतले पछाडि परेका हुन् । यस्तै गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २८१६ मत पाएकी छिन् । काँग्रेसका उम्मेदवार अधिकारीसँग राप्रपाकी हिमला गुरुङ १२२७ मतान्तरले पछाडि छिन् ।