भरतपुरमा एमालेको अग्रता कायमै , यस्तो मत अन्तर


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
8.9K
SHARES

२ जेठ चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उमदेवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई पछि पारेका हुन् ।

११ हजार २०७ मत गन्दा सुवेदीले तीन हजार ८९९ मत पाएका छन् । दाहालले तीन हजार ८५६ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत प्राप्त गरेका छन् ।