गठबन्धनमा बैठक : प्रतिनिधिसभाको सिट असारमै भागवण्डा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १८ २०७९
4.1K
SHARES

१८ जेठ काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरु नेताहरु आम चुनाव आगामी कात्तिक–मंसिरमा गर्न सकारात्मक देखिएका छन् ।

चुनावी समीक्षाका लागि सोमबार बसेको शीर्ष नेताहरु कात्तिक–मंसिरमा चुनाव गर्ने पक्षमा देखिएपछि निर्वाचन परिचालन समितिमा सिट बाँडफाँटबारे समेत छलफल भएको छ ।

नेताहरुका अनुसार सोमबारको बैठकमा कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले चार महिना अघि नै मिति घोषणा गर्नुपर्ने भन्दै कहिले चुनाव गर्ने भनेर प्रश्न गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा चुनाव भएको मितिलाई आधार मानेर (मंसिर) मा गर्नुपर्ने बताए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहमत देखिएपछि नेताहरुले हिमाली भेगमा हिउँ पर्ने भएकाले कात्तिक अन्त्यतिर गर्दा पनि हुने धारणा राखेका थिए । सत्तारुढ दलका एक नेता भन्छन्, ‘अहिलेसम्मको छलफल गर्दा मंसिरमा चुुनाव हुने देखिन्छ ।