प्रचण्ड र मेयर शाहबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ २१ २०७९
3K
SHARES

२१ जेठ काठमाडौ । आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।