माओवादी पूर्व स्थायी समिति बैठक बस्दै , यी हुन् एजेन्डा


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
4.1K
SHARES

२२ जेठ काठमाडौं। नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दै छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा अहिले केहीबेरमा बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुनेछ। पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो।

तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको हो। स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो।