महासचिव टुंगो लगाउने तयारी : यी दुईमा कसले मार्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
5.5K
SHARES

२२ जेठ काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)मा आउँदो असार १५ गते पदाधिकारीको टुंगो लगाइने भएको छ । त्यसका निम्ति असार १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

गएको मंसिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो । सो अधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा केन्द्रीय कमिटी मात्र घोषणा गरिएको थियो । उपाध्यक्षसहित अरू पदाधिकारीको चयन भएको छैन । महासचिवमा नेता वर्षमान पुन र जनार्दन शर्माको दाबी हुँदा मिलाउन समस्या भएको बताइन्छ । सोही कारण पदाधिकारी चयन प्रक्रिया प्रभावित भएको बताइने गरेको छ ।

पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेका छन् । देशभर दुवै नेताका समूह तल्लो तहसम्मै सक्रिय छ । पदाधिकारी चयन नहुँदा माओवादी केन्द्रको आलोचना हुँदै आएको छ । एक पूर्वस्थायी कमिटी सदस्यका अनुसार पदाधिकारी चयनमा मुख्य सकस महासचिव पदमै देखिएको छ ।