मैले चलखेल गर्‍यो भन्दैछन् – मन्त्री आले


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
4K
SHARES

२४ जेठ काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनै पनि लोभ नभएको बताएका छन्। पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले आफू मन्त्री छाड्न तयार रहेको बताएका हुन्।

आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको उनले बताए। अरूलाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको उनले बताए। पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै मन्त्री आलेले आफू विरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए।

‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो। दुई महिना त ग्रेस मार्क पाइसक्यौं। अरू साथीहरूलाई मौका दिने इच्छा छ भने दिनुस् भनेर मैले सहमति पनि दिएको हुँ,’ उनले भने, ‘तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरू आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन्।’

मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए।