मन्त्रालयको नाम फेरौँ, मान्छे बेच्ने मन्त्रालय राखौँ – सांसद सिंह


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
6.2K
SHARES

२४ जेठ काठमाडौं ।  नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले श्रम तथा रोजगार मन्त्रालयको नाम फेर्न सरकारलाई सुझाव दिएका छन् ।मंगलबार प्रतिनिधिसभामा मन्त्रालयत छलफलमा उनले वैदेशिक रोजगारमार्फत युवालाई विदेश पठाउने काम भइरहेको भन्दै संविधान संशोधन गर्नू भन्दै कटाक्ष पनि गरे ।

“श्रम रोजगार तथा सामाजिक विकास नाम चेन्ज गरौँ । मान्छे बेच्ने मन्त्रालय राखौँ । नेपालमात्रै यस्तो देश हो गणतन्त्रपछि सबैभन्दा बढी मान्छे बेच्ने काम गर्ने,” उनले भने, “नेपालमा मात्रै वैदेशिक रोजगारको लाइसेन्स दिइन्छ । त्यसमा के कडिसन्स हुन्छ कि १०० जना मान्छे बेच्यो भने मात्रै असारको अन्तमा रिमुभल हुन्छ ।  सरकारलाई आग्रह गर्न चाहन्छौँ संविधान संशोधन गरौँ ।”

उनले १८ वर्षदेखि ५० वर्षसम्मको मानिस देशमा बस्यो भने कोरा हान्ने र जेल हालिने भएकाले तुरुन्त विदेश जानुपर्ने भन्दै कटाक्ष गरे ।   उनले युवा विदेश जान्छ भने देश कसले बनाउने भन्दै प्रश्न गरे । उनले देशको नाम पनि मान्छे बेच्ने देश भनौँ भन्दै व्यङ्ग्य गरे । विदेशमा दुःख पाएकाको अवस्थाबारे मन्त्रीले नहेर्ने उनको भनाइ छ ।