गठबन्धन बारे अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
3K
SHARES

२४ जेठ राजविराज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै संघीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।