माओवादी र काग्रेसको हैसियत बारे ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७ २०७९
1.7K
SHARES

२७ विराटनगर जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै नेपालको सबै भन्दा ठुलो दल भएको दाबी गर्दै माओवादी एमालेको घुँडा मुनि मुनि सम्मको मात्र भएको जिकिर गरेका छन् ।

आज विराटनगरमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई संवोधन गर्दै उनले माओवादीको हैसियत एमाले जत्रो भए मान्छे कुट्दै हिँड्ने थियो होला भन्दै एमाले जत्रो हैसियत कुनै पनि पार्टीको नभएको ठोकुवा गरे । उनले काँग्रेसले समेत एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरे ।

उनले आगामी निर्वाचनमा एमालेले अझ बढी मत ल्याउने भन्दै अहिलेको पराजय अन्तरघातका कारण भएको पनि बताए ।