एमसीसी पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढ्यो – प्रेम सुवाल


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २९ २०७९
1.9K
SHARES

२९ जेठ काठमाडौं‌ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसद्बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन् ।

सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महँगीसमेत बढेको जिकिर गरे । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य बढेको तर्क गरे ।

सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्यास पाए पनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नुपरेको उनको भनाइ थियो ।

सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महँगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आयात गर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे