एमालेको सचिवालय बैठक बस्दै , यस्ता छन् एजेण्डा
२९ जेठ काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठकले भोली सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ ।
सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरूको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो ।
एमाले सचिवालय बैठक भोली दिउँसो १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका नेताहरूले यसअघि स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गर्दै व्यापक धाँधली गरेको तथा कतिपय स्थानमा एमाले भित्रैबाट अन्तर्घात हुँदा सोचे अनुरुप नतिजा नआएको बताउँदै आएका छन् ।