लेटरप्याड च्यात्ने मन्त्रीको ‘मुख च्यात्न’ नपरोस् – सांसद रावल


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
5.2K
SHARES

३० जेठ काठमाडौं । नेकपा एमालेका सांसद झपड रावलले प्रतिपक्षी दलका सांसदहरूले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटरप्याड मन्त्रीले च्यातेको आरोप लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा जनताको माग रहेको लेटरप्याड च्यात्ने मन्त्रीहरूको मुख च्यात्नु नपरोस् भन्ने चेतावनीसमेत दिए । “मैले भर्खर मात्रै सुने यो गठनन्धनका मान्य मन्त्रीहरू यस्ता छन् । जो प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेश गरेका मागहरू प्रतिपक्षको हो भनेर अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ,”।

उनले भने, “अर्को दिन त्यस्ता मन्त्रीहरूको विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु । खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईंका हात, तपाईंको मुख च्यात्न नपरोस् ।” उनले कृषिमन्त्री मल ल्याउनुपर्ने बेलामा बेखर भएर विदेश सयर गर्न गएको आरोपसमेत लगाए ।