एमाले सचिवालय बैठक सम्पन्न , नेता भुसालको कारवाहि के भयो ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
3.9K
SHARES

३० जेठ काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन प्रस्ताव गरिएको छ ।  च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव गरिएको हो ।

उक्त प्रस्तावमा आउँदो २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे,महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेल लगायतको उपस्थिति छ । पार्टी नेता घनश्याम भुसाललाई कारवाहिको लागि प्रस्ताव गरिएको भए पनि आजको एजेण्डा समावेश गरिएको थिएन ।