राज्यमन्त्री वली अस्पतालमा भर्ना


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १ २०७९
1.8K
SHARES

१ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्रीलाई मानसिक पीडा भएपछि एक्कासि बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

दाङबाट उपचारका लागि राति करिब १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ । उनी क्याबिन न १ मा रहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि, बिरामीको विवरणको बोर्डमा भने उनको नाम छैन । उनी रहेको कोठाबाहिर उनका पीएसओ छन् भने अस्पताल प्रशासनबाहिर पनि प्रहरीहरू रहेका छन्  हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।

उनले भने, “उहाँ आउँदा बेहोसीकै अवस्थामा आउनुभएको थियो, केही समयअघि बेहोस अवस्थामा आउनुभएको हो । डा. ढकालले भने, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ । हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।