परिवर्तन पक्षधरको विजय – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
1.5K
SHARES

२ असार काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै परिवर्तन पक्षधरको विजय भएको उल्लेख गरे । देशलाई अराजकता र निरंकुतातिर देशलाई लैजान चाहने प्रवृत्ति परास्त भएको उनको भनाइ छ ।

“कुन पार्टीले कति जित्यो भन्ने ठूलो कुरा होइन । ठूलो कुरा निर्वाचन यही संविधानअन्तर्गत सफलताका साथ सम्पन्न भयो । यसैमा हामी सबैले गर्व गर्नुपर्दछ,” उनले भने, “किनकी, यसलाई भाँचभुच पार्ने, यो संविधानलाई फेरि एकचोटि च्यातेर अराजकता र निरंकुतातिर देशलाई लैजान चाहने प्रवृत्ति परास्त भएको छ । परिवर्तनको पक्षधरको विजय भएको छ । संविधान बच्यो ।”