भुसाललक्षित ओलीको चेतावनी : समयले हिसाबकिताब गर्नेछ
२ असार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सुविधा लिएर पार्टी र अध्यक्षलाई बदनाम गर्ने काम गरिरहेको बताएका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिहरुलाई प्रशिक्षण कार्यक्रममा उनले पार्टी अध्यक्षको अपमान गर्ने काम गरिरहेको बताए । “कतिपय व्यक्तिहरु पार्टीमा बसिरहेका छन् । पार्टीले दिएको सुविधा, ओहोदा उपभोग गरिहेका छन् । पार्टीको कसरी अपमान हुन्छ, कसरी बेइज्जत हुन्छ, पार्टीको कसरी विरोध हुन्छ, हो त्यही त्यही काम पनि गरिरहेका छन् । पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ, “उनले भने, “कसरी विस्थापित गर्न सकिन्छ । धाँधलीकरण गर्न सकिन्छ । कसरी अलोकप्रिय बनाउन सकिन्छ ती कामहररु पार्टीभित्रै बसेर गरिरहेका छन् ।”
उनले यसको हिसाबकिताब समयले गर्ने भन्दै चिन्ता नलिन पनि आग्रह गरे । “यसको समयक्रममा समयले त्यसको हिसाबकिताब गर्नेछ । त्यसमा धेरै चिन्ता नगर्नुस्,” उनले भने । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी र ओलीका विरुद्ध अन्तर्वार्ता दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ । ओलीले भुसाल लक्षित अव्यिक्ति दिएका हुन् ।