कांग्रेस पदाधिकारी छलफलमा जुट्दै
५ असार काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको अनौपचारिक छलफल बस्दै छ । पार्टी सञ्चालनका सम्बन्धमा केन्द्रीय पदाधिकारीहरूको बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।
बैठक आज साँझ बस्नेछ । आजको बैठकमा कार्यसम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल हुने ती नेताले बताए । यस्तै, भातृसंस्थाको तदर्थ समिति गठन तथा नीति महाधिवेशन, विभाग गठनलगायत विषयमा छलफल गर्ने तयारी छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको विषयमा पनि सामान्य छलफल हुन सक्ने ती नेताले बताए ।
“पार्टी सञ्चालनका विषयमा छलफल हुन्छ । त्यसमा भातृसंस्था, नीति महाधिवेशन, विभाग गठनलगायत विषय छन्,” उनले बाह्रखरीसँग भने प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागिएको ती नेताले जानकारी दिए ।