बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त चितवनबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ६ २०७९
2.7K
SHARES

६ असार काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिका-४ बस्‍ने ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

तामाङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।