यस कारण पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेँ – रवि लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
3.8K
SHARES

७ असार काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने स्वतन्त्रहरूको माहोललाई सम्बोधन गर्न पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखिएको बताएका छन् ।

पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका लामिछाने सञ्चारकर्मीसँग भने, “अहिले स्वतन्त्रको माहोल भएको पाएँ । त्यसलाई पनि समेट्न सकिन्छ भन्ने हो । तर, संसारमा आआफ्नै भाषामा स्वतन्त्रको प्रयोग भएको पनि देखेँ मैले । त्यसैले अहिलेको वर्तमान समयलाई पनि र स्वतन्त्रलाई समेट्न सक्छु भन्ने विश्वास लिएर यो नाम लिएका हौँ,” उनले भने । उनले चिह्नलाई अध्यात्मसँग मात्र जोडेर हेर्न नहुने पनि बताए । आफूले जनाउका रूपमा घण्टी चुनाव चिह्न रोजेको उनको भनाइ छ ।