एमाले प्रवेश गर्ने बारेमा मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
3K
SHARES

९ असार काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुठ भएको बताएका छन् ।

पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले बाह्रखरीसँग भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुठ हो । मेरो भनाइ यही हो ।”

आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । आले पछिल्लो समय अश्लील गालीका कारण विवादित बन्दै आएका छन् ।