कम्युनिष्ट पार्टी विदेशीको स्वार्थमा चल्दैन – अध्यक्ष नेपाल
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार १० २०७९
2.1K
SHARES
१० असार काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी विदेशीको स्वार्थमा नचल्ने बताएका छन्। शुक्रबार पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिने र विदेशीसामु लम्पसार नपर्ने बताएका हुन्।
कम्युनिष्टले देशको हित र रक्षाका लागि लड्ने नेता नेपालको भनाइ छ। नीति बनाउँदा परिस्थितिको सही विश्लेषण भए सही निर्णय हुने पनि उनले बताए। पार्टी बलियो र सही नीतिमा अघि बढेमा सबै खाले चुनौतीको सामना गर्न सकिने उनले बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट